सबैको समाचार
शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • र्‍यापर लाउरे थप १७ दिन हिरासतमा

र्‍यापर लाउरे थप १७ दिन हिरासतमा

6430
Shares
र्‍यापर लाउरे थप १७ दिन हिरासतमा

 

काठमाडौं, २५ पुस : ला गूऔ षध सम्बन्धी आरोपमा प क्रा उ परेका र्‍यापर आशिष राना ‘लाउरे’ सहित ४ जनालाई जिल्ला अदालत कास्कीले थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

यसअघि अदालतले उनीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएकामा सो म्याद सकिएपछि प्र ह रीले थप १७ दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

लागू औ ष धसम्बन्धी मुद्दाका अभियुक्तलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई कानुनले छुट दिएको छ । ‘पहिलो मितिको म्याद सकिएपछि दोस्रो पटकको म्याद थपिएको हो,’ जिल्ला प्र हरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले भने, ‘अनुसन्धान अधिकृतहरुले अनुसन्धान गर्दै हुनुहुन्छ ।’

जिल्ला प्र ह री कार्यालय कास्कीले पोखरा नयाँबजारका ३२ वर्षीय र्‍यापर लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुबबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङ ब्राउन सुगर नामक लागू औ षधसहित प क्रा उ परेका थिए ।

पुस १४ गते साँझ करिब ७ बजेतिर उनीहरुलाई सिर्जनाचोकबाट प्र ह रीले प क्रा उ गरेको थियो । १५ गते सार्वजनिक विदा भएका कारण १६ गतेबाट मात्रै अदालतबाट अनुमति लिएर उक्त मुद्दामा प्र ह रीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

प्र ह री स्रोतका र्‍यापर लाउरेले लागु औ षध सेवन गर्नेबारे भने स्वीकारिसकेका छन् ।

लागूऔ ष ध कारोबारबारेको सूचना पश्चात सुरुमा नवीन गुरुङको साथबाट ०.५१ ग्राम ब्राउन सुगर फेला परेको थियो । पछि सोधपुछका क्रममा सुस्मिता गुरुङको कोठामा १२.५० ग्राम ब्राउन सुगर लुकाइराखेको भेटिएको थियो ।

प्र ह री ले उनीहरुबाट डिजटल तराजु १ थान, ३८ हजार ३५० रुपैयाँ नगद, ५ सेट मोबाइल र ग २१ प ३३२३ नम्बरको एउटा स्कुटर बरामद गरेको छ ।

कारोबार पुष्टि भएको खण्डमा र्‍यापर लाउरेसहितको समूहलाई ५ वर्षसम्म जेल हुन सक्छ । तर, कारोबार नभई सेवनमात्रै गरेको पुष्टि भएमा १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ ।

पोखरा नयाँबजारका राना ‘रअ बाज’ र्‍याप ब्याटलपछि चर्चामा आएका थिए ।

पछि उनले लाहुरे, मेरो सोल्टा, हाउडे, केस नं ४२०, पोखरालगायत गीतबाट युवापुस्तामाझ लोकप्रिय बनेका थिए । उनले गीतसंगीत हुँदै तान्डव नामक फिल्ममा समेत अभिनय गरिसकेका छन् ।

 

 

6430
Shares

ट्रेन्डिङ