सबैको समाचार
मङ्लबार, भदौ २, २०८३
  • होमपेज
  • नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशकद्वारा राजीनामा

नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशकद्वारा राजीनामा

5410
Shares
नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशकद्वारा राजीनामा

 

काठमाडौं, पुस २७ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिनुभएको छ ।

कार्यकारी निर्देशक दाहालले आज मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आफ्नो पदबाट राजीनामा बुझाउनुभएको हो । कार्यकारी निर्देशक दाहाललाई नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा केही कमजोरी गरेको आरोप लागेको छ ।

‘नारायणहिटी दरबार सङ्ग्रहालयमा मैले सही मनसायले काम गरेको छु ।

विभिन्न सञ्चारमाध्यममा गलत तथा दुष्प्रचार र नेपाल सरकारले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा छानबिन समिति समेत गठन गरेकाले त्याे समितिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नैतिकताका आधारमा त्यस पदमा रहेर मैले काम गर्न उचित नभएकाले राजीनामा पेस गरेको छु’, कार्यकारी निर्देशक दाहालको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

अहिले नारायणहिटी सङ्ग्रहालयको विवाद बढ्दै गएको छ । बतास समूहले नारायणहिटी सङ्ग्रहालयमा मनमौजी संरचना निर्माण गरेको आरोप पनि लागेको छ ।

 

5410
Shares

ट्रेन्डिङ