काठमाण्डाै : निर्वाचन आयोगले पर्सि शुक्रवार २९ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ ।
यही माघ १२ गते राष्ट्रिय सभा चुनावसँगै पालिका र प्रतिनिधि सभाको चुनाव र मतदाता नामावली अद्यावधिकबारेमा छलफल गर्न शुक्रवार बिहान ११ बजेका लागि बैठक बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
पालिका, प्रदेश तथा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई बैठकमा बोलाइएको प्रवक्ता पौडेलले बताउनुभयो ।