सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विद्युतीय यन्त्रबाट मतदान गर्न माग

विद्युतीय यन्त्रबाट मतदान गर्न माग

8075
Shares
विद्युतीय यन्त्रबाट मतदान गर्न माग

काठमाडौँ, २२ वैशाख । दृष्टिविहीन नागरिकले यथाशक्य छिटो मतदान गर्न विद्युतीय यन्त्रबाट मतदान गराउने व्यवस्था गर्न निर्वाचन आयोगसँग आग्रह गर्नुभएको छ । आयोगले दृष्टिविहीनका लागि स्थानीय तह निर्वाचनसम्वन्धी आयोजना गरेको प्रशिक्षणमा सहभागी दृष्टिविहीन नागरिकले यस्तो आग्रह गर्नुभएको हो । कार्यक्रमको शुभारम्भ गर्दै निर्वाचन आयुक्त नरेन्द्र दाहालले लोकतान्त्रिक सविधानानुसार पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेकाले सक्रिय सहभागी हुन दृष्टिविहीन नागरिकसँग आग्रह गर्नुुभयो ।
आयोगका सचिव गोपीनाथ मैनालीले लोकतन्त्र भनेको आर्थिक, सामाजिक विकास पनि भएकाले मतदानमा कोही नछुटून् भन्ने आयोगको धारणा रहेको बताउनुभयो । सहसचिव नवराज ढकालले नजिकका नातेदार वा मतदान अधिकृतको सहयोगमा दृष्टिविहीनले मतदान गर्ने व्यवस्था आयोगबाट हुने जानकारी दिनुभयो ।
अपाङ्गता भएका नागरिकका लागि १०० ¥याम्प निर्माण भएको र ज्येष्ठ नागरिकका लागि मतदानका लागि सहज वातावरण मिलाइएको पनि उहाँले बताउनुभयो । नेपाल नेत्रहीन सङ्घका अध्यक्ष रमेश पोखरेलले देशभरि करिब दुई लाख दृष्टिविहीन रहेको जानकारी दिनुभयो । एकदिने प्रशिक्षण कार्यक्रममा २५ जिल्लाका ४१ जनाको सहभागिता थियो । रासस

8075
Shares

ट्रेन्डिङ