सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सिंहदरबार प्रवेशमा कडाइ, प्रवेश पास खारेज गर्ने गृहको निर्णय

सिंहदरबार प्रवेशमा कडाइ, प्रवेश पास खारेज गर्ने गृहको निर्णय

4435
Shares
सिंहदरबार प्रवेशमा कडाइ, प्रवेश पास खारेज गर्ने गृहको निर्णय

 

काठमाडौं, २८ पुस : गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गरिएको जनाएको छ ।

कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्रपय जारी गर्नु परेमा गृह मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ ।

मन्त्रालयले बुधबार जारी गरेको सूचनाअनुसार सरसफाइसँग सम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ भने पत्रकारहरुले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पाउनेछन् ।

हेर्नुहोस् सूचना

4435
Shares

ट्रेन्डिङ