सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अस्मिता ‘जुरेली’ को मोडलिङ र रेस्लिङ मोह

अस्मिता ‘जुरेली’ को मोडलिङ र रेस्लिङ मोह

5640
Shares
अस्मिता ‘जुरेली’ को मोडलिङ र रेस्लिङ मोह

काठमाडौं, २६ मंसिर । नेपाली महिला रेस्लर तथा मोडल अस्मिता सुनार (जुरेली) पछिल्लो समय मोडल भन्दा पनि नेपाली रेस्लर बन्ने मोह बढेको छ । सुन्दर शरीरकी धनि अस्मिता ५ फिट ५ इन्च उचाई र ५५ किलोग्राम तौल भएकी छीन ।

मिलेको शरीर अनि आकर्षक ब्यक्तित्वकी धनि झट्ट हेर्दा लाग्दैन अस्मिता सुनार कुनै रेस्लर हुन । उनको शालीनता र मिलनसार स्वभाबले त झनै लाग्दैनकी ऊनि रेस्लर हुन तर रेस्लिङ रिङमा उनको स्वभाव फरक छ । अभिनय, नृत्यमा पोख्त अस्मिता मोडलिङ संसारमा पनि चिर परिचित नाम हो, त्यसो त अस्मिता मोडलिङ पृष्ठभूमिबाट आएकी हुन् । दर्जनभन्दा बढी म्यूजिक भिडियो हरुमा उनको कुशल अभिनय देख्न पाइन्छ ।

नेपाली चलचित्र भुलभुलैयामा उनी खलनायिका पनि बनिन त्यस पछि २०७० सालमा नेपालको पहिलो महिला रेस्लर भगवती खड्कासँग उनको भेट भए पछि बाटो बदलियो । अनि, भरतबहादुर विसुराल ‘हिमालयन टाइगर’ सँग रेस्लिङ–कला सिकिन र अस्मिताबाट ‘जुरेली’ बनिन् । ब्यबसायिक रुपमा ऊनि मोडलिङ र रेस्लिङ पेशालाइ एकै पटक लिएर जाने सोच बनाएकी अस्मिता जुरेलीलाइ चलचित्र र म्यूजिक भिडियोहरुको पनि अफर भने आइरहेको छ ।

पछिल्लो समय नेपालमा पनि अनि नेपाली रेस्लर र रेस्लिङ खेललाइ मन पराउने र माया गर्ने हरुको संख्या बढ्दो छ । नेपालमा भईरहेको बिभिन्न रेस्लिङ खेलहरुमा अस्मिता जुरेलीको सहभागिता रहँदै आएको छ । तीन वर्षयता दर्जनौं पटक रिङमा उत्रिएकी उनी अब रेस्लिङमै करियर बनाउन चाहन्छिन् भने मोडलिङलाइ पनि तर यसका लागि सहज भने छैन कडा मेहनत र परिश्रमको जरुरत छ । विश्व जगतमा रेस्लिङलाइ मन पराउने धेरै भए पनि नेपालमा भने ब्यबसायिकरुपमा भने खासै उपलब्धि हुन नसकेको कुरा पनि ऊनि बताउछिन ।

jureli-1

नेपालमा टेलिभिजनमा रेस्लिङ हेर्ने दर्शक बढे पनि प्रतियोगिता भने कमै हुन्छ । त्यसमाथि पनि महिलाको सहभागिता न्यून छ । ‘नेपालमा हुने प्रतियोगिता छुटाएकी छैन’ अस्मिता भन्छिन् । अब अन्तर्राष्ट्रियस्तरमा खेल्ने रहर छ ।’

रेस्लिङ खेल हो या मनोरञ्जन? धेरै झै अस्मितालाई पनि द्विविधा थियो। तर, खेल्न थालेपछि मात्र उनले भित्री कुरो बुझिन् । ‘यो ७० प्रतिशत वास्तविक र बाँकी नाटक हो’, उनी भन्छिन् । उनका अनुसार, रेस्लिङलाई रोमाञ्चक बनाउन रेस्लरहरू रिहर्सल समेत गर्छन् ।

मोडलिङ सजिलो कि रेस्लिङ? अस्मितालाई धेरैले गर्ने प्रश्न हो यो। तर, उनका लागि रेस्लिङ सजिलो र अप्ठेरो भन्दा पर चुनौती हो । ‘जीउ दुखेर हैरान हुन्छ’उनी भन्छिन, ‘त्यसैले खेल अघि–पछि नियमित व्यायाम र अभ्यास जरुरी हुन्छ । अस्मिता जुरेली भविष्यमा ब्यबसायिक रेस्लरको साथै एक कुशल मोडल तथा अभिनेत्री बनेर देशको सेवा गर्न चाहन्छिन् ।

5640
Shares

ट्रेन्डिङ