सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • नेपालको इतिहासमा पहिलो पटक मानवीय सहायता सामग्रीसहित नेपाली टोली अफगानिस्तान प्रस्थान

नेपालको इतिहासमा पहिलो पटक मानवीय सहायता सामग्रीसहित नेपाली टोली अफगानिस्तान प्रस्थान

3680
Shares
नेपालको इतिहासमा पहिलो पटक मानवीय सहायता सामग्रीसहित नेपाली टोली अफगानिस्तान प्रस्थान

लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्रीसहित नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झण्डै १२ टन मानवीय सहायता सामग्रीसहित टोली त्यसतर्फ गएको हो ।

परराष्ट्रमन्त्री डा। नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को सदस्य राष्ट्रको नाताले अप्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाइएको जानकारी दिनुभयो ।

सहयोग सामग्री बोकेको विमान अफगानिस्तानको राजधानी काबुल जाने र विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिमार्फत सामग्री हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

सङ्घको समन्वयमा आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडा नेपाली नागरिकका तर्फबाट अफगानी नागरिकलाई पठाइएको हो ।

नेपालको इतिहासमा पहिलो पटक यसरी विमानमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाइएको मन्त्री खड्काले जानकारी दिनुभयो ।

 

3680
Shares

ट्रेन्डिङ