सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • एमालेको निर्देशन– २५ जना भन्दा बढी भेला हुने कार्यक्रम नगर्नू

एमालेको निर्देशन– २५ जना भन्दा बढी भेला हुने कार्यक्रम नगर्नू

4110
Shares
एमालेको निर्देशन– २५ जना भन्दा बढी भेला हुने कार्यक्रम नगर्नू

 

काठमाडौं, ३ माघ : नेकपा (एमाले)ले २५ जनाभन्दा बढी सहभागी हुने पार्टीका कार्यक्रमलाई स्थगित गर्न निर्देशन दिएको छ ।

आज पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले प्रदेश तथा जिल्ला कार्यालयहरूलाई सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

पार्टीका आन्तरिक बैठक, भेला छलफलजस्ता कार्यक्रमहरू आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्न भनिएको छ ।

कोभिड–१९ का सन्दर्भमा सरकारद्वारा जारी स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै प्रदेश, जिल्ला र मातहतका कार्यलय सुचारु राख्ने सर्कुलरमा उल्लेख छ । यसअघि आज नै प्रदेश सभाबाट प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको थियो ।

 

4110
Shares

ट्रेन्डिङ