सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

715
Shares
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ :- भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्री प्रचण्डले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकामा समकक्षी मोदीलाई बधाइ दिँदै तेश्रो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

भेटमा दुवै नेताबीच नेपाल-भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डका साथमा छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन्।

दिल्ली पुगेका प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपतिले आयोजना गरेको रात्री भोजमा सहभागी भएका थिए । मोदीको शपथका लागि सहभागी हुन आएका अन्य मुलुकका राष्ट्र प्रमुख सहितको उक्त रात्री भोजमा प्रधानमन्त्री दाहालले बंगलादेश, भुटान, श्रीलंका लगायतका देशका सरकार प्रमुखहरुसँग साक्षात्कार गरेका थिए ।

715
Shares

ट्रेन्डिङ