पशुपति क्षेत्र विकास कोषले बुधबारदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई प्रवेशमा रोक लगाएको छ।
विश्वव्यापी महामारी ओ मि क्रो न बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मन्दिरमा नित्य पूजा मात्र गर्ने गरी आदेश जारी गरेपछि कोषले पूजामा रोक लगाएको हो।

‘ओ मि क्रो नको सं क्र म ण बढ्दै गएको सन्दर्भमा २०७८ माघ ४ गते राति १२ बजेदेखि अर्को सूचना नभएसम्म लागू हुने गरी आदेश भएबमोजिम पशुपतिनाथ मन्दिरमा भक्तजनलाई पूजाआजामा रोक लगाएका हौं’, कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले भने।
उनका अनुसार प्रशासनबाट जारी विज्ञप्तिको बुँदा नम्बर ६ बमोजिम मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउने भनिएको छ।
प्रशासनले माघ मसान्तसम्मका लागि रोक लगाउने जानकारी दिएको छ। डा। थापाले माघ ५ गतेदेखि मसान्तसम्म पाशुपत क्षेत्रका सबै मठमन्दिरमा सम्पूर्ण क्रियाकलाप बन्द गराइएको जानकारी दिए।


