सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • समाजवादी प्रेस सङ्गठन भक्तपुरको अध्यक्षमा कार्की, सचिवमा चौलागाईं

समाजवादी प्रेस सङ्गठन भक्तपुरको अध्यक्षमा कार्की, सचिवमा चौलागाईं

3975
Shares
समाजवादी प्रेस सङ्गठन भक्तपुरको अध्यक्षमा कार्की, सचिवमा  चौलागाईं

 

काठमाडौं, ५ माघ : समाजवादी प्रेस सङ्गठन नेपाल भक्तपुर शाखाको अध्यक्षमा पत्रकार दिनेश कार्की चयन हुनुभएको छ ।

भक्तपुरमा आज भएको भेलाले कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा घोषणा गरिएको हो । कमिटीको उपाध्यक्षमा विजय चालिसे र सजिना भण्डारी, सचिवमा सुवास चौलागाईं तथा सहसचिवद्वयमा गणेश महर्जन र ज्ञानेन्द्र खाइजु चयन भएका छन् ।

यसैगरी कमिटीको कोषाध्यक्षमा रचना बयलकोटी चयन हुनुभएको छ । कार्यक्रममा सङ्गठनका उपाध्यक्ष, उपत्यका इञ्चार्ज तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शन्तराम बिडारीले सञ्चारकर्मीले व्यावसायिक पत्रकारिताका साथै मुलुकको आर्थिक विकास तथा समृद्धिका लागि क्रियाशील वर्ग, किसान, मजदुर, घरेलु उद्यमीलगायत विषयवस्तुलाई उजागार गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेत, सङ्गठनका अर्का उपाध्यक्ष विश्वमणि सुवेदी, महासचिव भुपराज खड्का, सचिव एवं पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाईं, उपत्यका संयोजक सविन शर्मा, केन्द्रीय सदस्य केशव लुइँटेललगायतले पत्रकारको पेसागत मुद्दालाई सङ्गठनले जोडदार ढङ्गले उठाउन सुझाव दिनुभयो । समाजवादी प्रेस सङ्गठन भक्तपुर शाखाको सल्लाहकारमा वरिष्ठ पत्रकार प्रवीणराज जोशी र कृष्ण प्रधानलाई चयन गरिएको छ । रासस

 

3975
Shares

ट्रेन्डिङ