काभ्रे प्रहरीले २० वर्ष कै द सजाय ठहर भई फरार रहेका एक जनालाई प क्रा उ गरेको छ ।
अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका बेथानचोक गाँउपालिका वडा नं. ४ का ३३ वर्षिय निल बहादुर तामाङलाई प क्रा उ गरिएको काभ्रे प्र ह रीले जनाएको छ ।
तामाङलाई प्र ह रीले आज ९ वर्षपछि प क्रा उ गरेको हो । उनलाई जिल्ला भक्तपुर दुधपाटी स्थित मिठाई पसलबाट नियन्त्रणमा लिएको हो ।
आफ्नो वास्तविक पहिचान लुकाई श्रीमती र बालबच्चालाई समेत सोही मिठाई पसलमा राखि ९ वर्ष देखि काम गर्दै आईरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्र ह री परिसर भक्तपुरको समन्वयमा नियन्त्रणमा उनीलाई नियन्त्रणमा लिएको जिल्ला प्र ह री कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।
२०६९ साल कार्तिक ८ गते चलाल गणेशस्थान गा.वि.स. वडा नं. ०२ स्थितमा रहेको श्री गणेश निम्न माध्यामिक बिद्यालयको सांस्कृतिक कार्यक्रममा झ ग डा हुँदा प्रतिवादी तामाङले च्यासिङ्गखर्क गा.वि.स. वडा नं. ९ का १८ वर्षिय एन्जल तामाङलाई धारिलो हतियार छुरा, लाठ्ठी मुक्का प्रहार गरी ह त्या गरेका थिए ।
तत्काल उनलाई ईलाका प्र ह री कार्यालय बनेपाबाट मुद्दा दर्ता गरी आवश्यक अनुसन्धानका क्रममा अभियोग पत्रसहित जिल्ला अदालत काभ्रेमा अभियोग दायर गरिएको थियो ।
अतालतले प्रतिवादी तमाङलाई २०७४ साल असार १४ गते २० वर्ष कै द सजायको फैसला गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए ।
उनलाई आजै फैसला कार्यन्वयनको लागि जिल्ला अदालत काभ्रेमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । केहिदिन अघि सोही घटानामा संलग्न रहेर फरार रहेका फौदे भनिने पोते तामाङलाई प्रहरीले प क्रा उ गरिसकेको छ ।