सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विश्वकै लामो सुरुङ्ग रेलमार्ग सर्व साधरणको लागि खुल्ला

विश्वकै लामो सुरुङ्ग रेलमार्ग सर्व साधरणको लागि खुल्ला

4895
Shares
विश्वकै लामो सुरुङ्ग रेलमार्ग सर्व साधरणको लागि खुल्ला

डब्लु नेपाल । मंसिर २७
स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको ५७ किलोमिटर विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिक रुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले उक्त रेलमार्ग यात्रा गरेर गत जुनमा उद्घाटन गरेका थिए ।
सो रेल मार्ग निर्माण गर्न करिब १७ वर्ष लगाएर लागेको थियो । गत जुनका उक्त रेलमार्गको उद्धघाटन गरिए तापति सर्वसाधारणका लागि भने खुला गरिएको थिएन ।
गटहार्ड बेस टनेल (जीबीटी) ना गरेको उक्त सुरुङ रेलमार्ग स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेर ९ मिनेटमा जुरिचबाट छुटेको थियो भने दुई घण्टा आठ मिनेटपछि ८ बजेर १७ मिनेटमा लुगानोमा पुगेको स्वीस समाचार एजेन्सी एटीएसले जनाएको छ ।
gotthard-base-tunnel-cr-gettyimages-536301634
यस अघि विश्वको सत्रैभन्दा लामा सुरुङको रेलमार्गको रुपमा जापानको ५३.९ किलोमिटर लामो सेइकन टनेल (सुरुङ मार्ग)लाई मान्थ्यिो अब यो विश्वको दोस्रो लामो सुरुङमार्ग बन्न गएको छ भने बेलायतको ५०.५ किलोमिटर लामो च्यानल टनेल विश्वको तेस्रो लामो सुरुङ मार्ग हुन पुगेकोे छ ।
स्वीट्जरल्यान्डमा निर्माण गरिएको विश्वकै सबैभन्दा लामो सुरुङ्गमार्गको लागत ११ अर्ब ८० करोड अमेरिकी डलर रहेको समाचार एजेन्सीहरुले बताएका छन् । रासस(एएफपी)

4895
Shares

ट्रेन्डिङ