सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • काभ्रेमा सक्रिय संक्रमितको संख्या साढे १४ सय पुग्यो

काभ्रेमा सक्रिय संक्रमितको संख्या साढे १४ सय पुग्यो

3940
Shares
काभ्रेमा सक्रिय संक्रमितको संख्या साढे १४ सय पुग्यो

 

काभ्रेमा आज थप १९८ जनामा को रो ना सं क्रम ण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट ११९ तथा एन्टीजेन परिक्षणबाट ७९ जना गरी जम्मा १९८ जनामा सं क्र मण पुष्टि भएको हो।

आज जम्मा ३१३ जनामा गरिएको परिक्षणमा १९८ जनामा सं क्र म ण देखिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ४५३ पुगेको छ।

सबैभन्दा बढी सक्रिय सं क्र मित बनेपा नगरपालिकामा रहेका छन्। बनेपा नगरपालिकामा ४७७ जना संक्रमित रहेका छन् भने धुलिखेलमा ४४५ जना, पनौतीमा २१७, नमोबुद्धमा ७६, पाँचखालमा ७२, मण्डनदेउपुरमा ३६ जना सक्रिय सं क्र मि त रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

त्यस्तै चौँरीदेउराली गाउँपालिकामा ३८, भुम्लुमा ३४, रोशीमा २३, बेथानचोकमा ११, महाभारतमा १४ र तेमालमा १० जना सक्रिय सं क्र मि त रहेका उनले जानकार दिए ।

सं क्रमि त मध्ये ८६ जना विभिन्न अस्पतालमा तथा १३६७ जना ओम अईसोलेसंमा रही उपचार गराईरहेका छन्।

3940
Shares

ट्रेन्डिङ