सबैको समाचार
बुधबार, असार ३, २०८३
  • होमपेज
  • काभ्रे प्रहरीले ५ हजार ६६ लिटर अवैध घरेलु मदिरा नष्ट गर्यो

काभ्रे प्रहरीले ५ हजार ६६ लिटर अवैध घरेलु मदिरा नष्ट गर्यो

6525
Shares
काभ्रे प्रहरीले ५ हजार ६६ लिटर अवैध घरेलु मदिरा नष्ट गर्यो

 

काभ्रे प्र ह रीले अ वै ध घरेलु मदिरा नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्र हरी कार्यालय बनेपाको टोलीले जिल्लाको छुट्टाछुट्टै स्थानमा बरामद गरेको ५ हजार ६६ लिटर घरेलु मदिरा नष्ट गरेको हो।

जिल्ला  प्रह री कार्यालय काभ्रेका प्रमुख प्र ह री उपरीक्षक चक्रराज जोशीले हानिकारक पदार्थ मिसाई अवैध रूपमा मदिरा बनाइरहेको सूचनाको आधारमा छापा मारेकोे बताए।

प्र ह री कार्यालय काभ्रेका सूचना अधिकारी हरि खतिवडाले जिल्ला प्रहरी टोलीले बरामद गरेको १ हजार ५ सय ६६ लिटर र इलाका प्र ह री कार्यालय बनेपाको टोलीले बरामद गरेको ३ हजार ५ सय गरी ५ हजार ६६ लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको बताए।

उनले जिल्ला प्रहरीको टोलीले बरामद गरेको ५ सय लिटर कच्चा पदार्थसमेत नष्ट गरिएको जानकारी दिए।

डिएसपी खतिवडाका अनुसार बरामद मदिरा काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, एसपी जोशी, जनप्रतिनिधिलगायत पत्रकारको उपस्थितिमा नष्ट गरिएको छ।

जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई सहज बनाउने लागि मदिराजन्य पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ।

राजमार्ग आसपास र भित्री क्षेत्रमा सञ्चालन भएको पसल तथा होटलमा चेकजाँच गर्ने क्रममा व्यापारीले अवैध घरेलु मदिरा बिक्री वितरणसँगैे पसलनजिक रहेको टहरोमा लुकाइ राखेको फेला पारेको प्रहरीको भनाइ छ।

 

6525
Shares

ट्रेन्डिङ