काठमाडौं : बर्दियाको बासगढी नगरपालिका ३ मा आज बिहान बस दु र्घ टना हुँदा ३५ यात्रु घा इ ते भएका छन्।
घा इ तेमध्ये कालिकोटको त्रिवेणी गाँउपालिका–६ की ११ वर्षीया शितला उपाध्याय र त्रिवेणी गाँउपालिका ७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भिर रहेको छ।
दुवैजनालाई उपचारका लागी कोहलपुर स्थित नेपालगंज मेडिकल कलेज पठाइएको इलाका प्र ह री कार्यालय मोतिपुरले जनाएको छ।
सामान्य घा इ ते भएका अन्य ३३ जनालाई उपचारका लागि स्थानीय कौशिल्या अस्पताल पठाइएको छ।
कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५३८२ नम्बरको बस आज बिहान सवा ३ बजे अनियन्त्रित भएर सडकदेखि अन्दाजी १५ मिटर तल पल्टिएको थियो। बस चालकलाई प्र ह रीले नियन्त्रणमा लिएको छ।