सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा असहायको साहारा बन्दै आर्शु स्मृति

काभ्रेमा असहायको साहारा बन्दै आर्शु स्मृति

9010
Shares
काभ्रेमा असहायको साहारा बन्दै आर्शु स्मृति

काभ्रे। सबैको हात आर्शु स्मृतिको साथ भन्दै असाहायहरु लाई साथ दिदै विभिन्न सामाजिक काममा अगाडि बढ्दै आएको बनेपा स्थित आर्शु स्मृति प्रतिष्ठानले धुलिखेल नगरपालिका वडा नं. १२ निवासी सबिन खत्रीको श्रीमति पुष्पा भुजेल साथै जुम्ल्याहा २ बच्चाहरुको निशुल्क औषधि उपाचार गराएको छ।

पुष्पा भुजेलको स्वास्थ्यमा समस्या भइ ७ महिनाको समयमा आकस्मिक शल्यकृया मार्फत जुमल्याह बच्चा (एक छोरा , एक छोरि) जन्मिएकोमा आफ्नो आर्थिक स्थिती कमजोर भएको कारण हजुरहरुले सकेको सहयोग गर्दिनुहोस भन्दै वडाको सिफारिसको साथमा प्रतिष्ठानको कार्यलयमा सबिन खत्री आइपुग्नु भयो ।

तत्काल प्रतिस्ठानले सोधपुछ गरि उक्त जुमल्याहा बच्चाहरुको छोरा लाई भेन्टिलेटरमा र छोरी लाई आइसीयुमा साथै आमा पुष्पा भुजेललाई वार्डमा राखी आर्शु स्मृती प्रतिस्ठान नेपालले धुलिखेल अस्पतालमा निशुल्क औषधि उपचार सुरु गरेको थियो ।

त्यस पछि हिजो २० दिनको अस्पताल बसाइ पछि आमा, बाबू, नानू सहित तिनै जनाको स्वास्थ्य अवस्था ठिक भएको कारण अस्पताल बाट डिस्चार्ज भएका छन् ।

२० औ दिनको हस्पिटल बसाइ पछि पुष्पा भुजेल लगायत जुमल्याहा बच्चाहरुको डिस्चार्ज भएको छ । निम्न वर्गका मान्छेहरु लाई धुलिखेल अस्पताल संगको सम्झौता अनुसार निशुल्क औषधि उपाचार गराउदै आएको छौ संस्थाको अध्यक्ष रुपेश काफ्लेले भने ।

यस अघि पनि आर्शु स्मृति प्रतिष्ठान नेपालले आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसकेका असहाय व्यक्तिहरुको नि:शुल्क उपचार गराईरहेको छ। संस्थाको अध्यक्ष रुपेश काफ्लेकी दुई वर्षिया छोरी आर्शु काफ्लेको २०७८ साल फागुन २६ धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। आर्शुको निधन पश्चात प्रत्येक महिना एक जना असाहयको नि:शुल्क उपचार गर्नेगरी धुलिखेल अस्पतालसंग सहकार्य गरिएको छ।

9010
Shares

ट्रेन्डिङ