सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • यी हुन् स्थानीय चुनावमा भाग लिन पाउने ८० दल

यी हुन् स्थानीय चुनावमा भाग लिन पाउने ८० दल

3940
Shares
यी हुन् स्थानीय चुनावमा भाग लिन पाउने ८० दल

 

 

काठमाडौं, १६ फागुन: आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ८० वटा राजनीतिक दलले भाग लिन पाउने भएका छन्।

 

निर्वाचन आयोगले स्थानीय चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको थियो। जसअनुसार, ८० दलले स्थानीय चुनावमा सहभागि हुने निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

 

आयोगले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि १५ फागुनसम्म निवेदन आह्वान गरेको थियो। जसअनुसार, ८० दलले निवेदन दिएका हुन्।

 

यससँगै ६ वटा नयाँ दल पनि दर्ता भएका छन्। आयोगका दर्ता भएका दलको संख्या १११ पुगेको प्रवक्ता पौडेलले जानकारी दिए।

 

सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ। स्थानीय चुनावका लागि आयोगले तयारी गरिरहेको छ।

 

 

 

3940
Shares

ट्रेन्डिङ