सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • पनौतीमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुद्वारा सपथ ग्रहण बहिस्कार

पनौतीमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुद्वारा सपथ ग्रहण बहिस्कार

11715
Shares
पनौतीमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुद्वारा सपथ ग्रहण बहिस्कार

काभ्रेको पनौती नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण बहिस्कार गरेका छन् ।

आज दिउँसो ३ बजेका लागि तय भएको सपथ ग्रहण कार्यक्रम एमालेबाट निर्वाचित उपमेयर सहित बहुमत जनप्रतिनिधिहरुले सपथ बहिस्कार गरेका हुन् । पार्टीसंग छलफल नै नगरी कार्यक्रम आयोजना गरेको एमालेको आरोप छ ।

निर्वाचित उपमेयर गीता बञ्जरालाई केहि घण्टा अघि मात्रै जानकारी भएको तर केहि वडा अध्यक्षलाई अहिलेसम्म जानकारी नभएको भन्दै सपथ ग्रहण बहिस्कार गर्ने निर्णय गरेको एमाले पनौती नगर कमिटिद्धारा जारी सूचनामा भनिएको छ ।

आजै फरक कार्यक्रममा एमालेबाट निर्वाचित जनप्रतिनिधीले सपथ लिने पनि बताइएको छ ।

11715
Shares

ट्रेन्डिङ