सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोकका एक किशोर पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोकका एक किशोर पक्राउ

8415
Shares
बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोकका एक किशोर पक्राउ

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रमा एक बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक १६ वर्षे किशोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार चौतारा साँगाचोकगढी नगरकै एक ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ती किशोरलाई नियन्त्रणमा लिइएको हो ।
आइतबार बालिकालाई बलात्कार आरोप लागेका बालकलाई पक्राउ गरी आवश्यक सोधपुछ र थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

साता दिनअघि दिउँसोको समयमा छिमेकी बालिकालाई कसुरजन्य कार्यको आरोप लागेका बालकले आफ्नै घरमा लगेर करणी  गरेको पीडित पक्षको जाहेरीमा उल्लेख भएको उनको भनाइ छ । ‘आरोपीलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएका छौं, थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

 

8415
Shares

ट्रेन्डिङ