सबैको समाचार
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • थपिए १०२ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ६०५ पुग्यो

थपिए १०२ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ६०५ पुग्यो

5290
Shares
थपिए १०२ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ६०५ पुग्यो

पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २ हजार ६१५ जनाको परीक्षण गर्दा १०२ जनामा संक्रमण देखिएको हो। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६०५ पुगेको छ।

आज पुष्टि भएका केस मध्ये काठमाडौंमा ३७ जना छन्। यससँगै काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या ३२७ पुगेको छ। ललितपुरमा ५४ र भक्तपुरमा ८ जना सक्रिय संक्रमित छन्। देशभर हाल सक्रिय संक्रमितमध्ये करिब ६४ प्रतिशत काठमाडौं उपत्यकामा छन्।

5290
Shares

ट्रेन्डिङ