सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • संचार माध्यमलाई बचाउन आफू पछि पर्दिनः सिटौला

संचार माध्यमलाई बचाउन आफू पछि पर्दिनः सिटौला

7970
Shares
संचार माध्यमलाई बचाउन आफू पछि पर्दिनः सिटौला

नेपाली काँग्रेसका वरिष्ठ नेता कृष्ण प्रसाद सिटौलाले ‘भेदभावपूर्ण वर्गीकरण संघर्ष समिति’को तीन बुँदे माग पत्र बुभ्mदै संचार माध्यमलाई सहयोग गर्ने बताएका छन् । उहाँले २०६२/०६३ सालको जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्नमा संचार माध्यमको ठूलो भूमिका भएकोले संचार माध्यमलाई संरक्षण र सम्बद्र्धन गर्ने हाम्रो दायित्व रहेको बताउनुभयो ।
उहाँले संचार माध्यमकै कारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएकोले दैनिक, साप्ताहिक, पाक्षिक, मासिक लगायतका सबै संचार माध्यमलाई बचाउन आफू पछि नहट्ने बताउनुभयो । उहाँले ‘पूर्व राजा ज्ञानेन्द्र शाहलाई हटाउन त समय लागेन भने काउन्सिलको पदाधिकारी हटाउन के ठूलो कुरा हो’ बताउनुभयो ।
उहाँले प्रेस काउन्सिल नेपालले गरेको भेदभावपूर्ण, प्रतिशोध, गैर जिम्मेवारीपनलाई राजनीतिक दलले कुनै पनि हालतमा नछाड्ने बताउनुभयो । उहाँले भ्रष्टहरुलाई कारबाही नभएसम्म प्रेस काउन्सिल जस्तो जिम्मेवार संस्थाको गरिमा समाप्त हुने बताउनुभयो । उहाँले प्रेस काउन्सिलको नाम भजाएर प्रेस काउन्सिललाई बदनाम गर्ने जुनसुकै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।
उहाँले भेदभाव र पक्षपातपूर्ण वर्गीकरणको विषयमा पार्टीमा छलफल गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने बताउनुभयो । त्यसैगरी ‘दैनिक पत्रिका राष्ट्रिय सञ्जाल’का अध्यक्ष तथा ‘भेदभावपूर्ण वर्गीकरण संघर्ष समिति’का संयोजक जयप्रकाश गुप्ता मायालुले नेपाली काँग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलालाई तीन बुँदे ज्ञापनपत्र बुझाउँदै प्रेस काउन्सिलमा रहेका भ्रष्ट चरित्रका व्यक्तिहरुलाई कारबाही गर्न आग्रह गर्नुभयो ।
भ्रष्ट चरित्रका व्यक्तिका कारण प्रेस काउन्सिल जस्तो जिम्मेवार संस्थालाई भ्रष्टहरुको अखडा बनाएको बताउनुभयो । उहाँले प्रेस काउन्सिल नेपालको गरिमा बचाईदिनका लागि आग्रह गर्नुभयो । उहाँले २०६२÷०६३ सालको जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई सहयोग गर्ने दैनिक, साप्ताहिक, पाक्षिक, मासिक जस्ता पत्रपत्रिकाहरुलाई पञ्चायतकालीन शैलीमा नियोजित तरिकाले आक्रमण गरेको बताउनुभयो ।
जनआन्दोलन, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्ष, संघीयता, समानुपातिक, समावेशिक सहितको संविधानको मुद्दा उठाउने पत्रपत्रिकालाई वर्गीकरणबाट सुनियोजित तरिकाले वर्गीकरणबाट हटाइएकोमा घोर आपत्ति जनाउनुभएको बताउनुभयो । उहाँले सबै राजनीतिक दल, सबै सञ्चार माध्यम, विभिन्न क्षेत्रका विभिन्न संगठनहरुले काउन्सिलले गरेको दादागिरीको विरुद्धमा बोल्दिनका लागि सबैसँग आग्रह गर्नुभयो ।
पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजगद्दी छोडाउन समय लागेन भने काउन्सिलका पदाधिकारीलाई हटाउन ठूलो कुरा होइन बताउनुभयो । उहाँले ‘संघीय लोकतान्त्रक गणतन्त्र नेपालको संविधानको ऐन’ विपरीत काउन्सिलले गरेको दादागिरी समाप्त गर्न सबै क्षेत्र र वर्गका व्यक्तिसँग आग्रह गर्नुभयो । उहाँले प्रेस काउन्सिल जस्तो जिम्मेवार संस्थालाई बचाउनका लागि सबै राजनीतिक दलका व्यक्तिहरुसँग आग्रह गर्नुभयो ।
काउन्सिललाई भ्रष्ट मुक्त संस्थाको रुपमा स्थापित गराउन समेत आग्रह गर्नुभयो । उहाँले माग पुरा नभएसम्म संघर्षको कार्यक्रम चरणबद्ध रुपमा जारी राख्ने बताउनुभयो । उहाँले माग पुरा नभए सर्वोच्च अदालतमा मुद्दा हाल्ने समेत बताउनुभयो ।
ज्ञापन पत्र बुझाउन ‘भेदभावपूर्ण वर्गीकरण संघर्ष समिति’ का सह–संयोजक भरत लामिछाने, दैनिक पत्रिका राष्ट्रिय सञ्जालका उपाध्यक्ष तथा संघर्ष समितिका सदस्य नेत्रप्रसाद न्यौपाने, दैनिक पत्रिका राष्ट्रिय सञ्जालका महासचिव तथा संघर्ष समितिका सदस्य रामचन्द्र खड्का लगायत विभिन्न पत्रपत्रिकाबाट आबद्ध रहेका पत्रकारहरुको सहभागीता रहेको थियो ।

7970
Shares

ट्रेन्डिङ