ओखलढुङ्गा । ओखलढुङ्गामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
रमिते भिरको ठाडेखोला नजिक खानेपानीको पाइप बनाउने क्रममा लडेर ५६ वर्षीय पदमबहादुर बस्नेतको मृत्यु भएको हो । करिब पाँच सय मिटर तर खसेर टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागी गम्भीर घाइते बस्नेतको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुम्जाटार अस्पतालमा शव परीक्षण पश्चात् परिवारको जिम्मा लगाइएको छ ।