सबैको समाचार
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • यी प्रदेशमा आज चट्याङसहित वर्षा

यी प्रदेशमा आज चट्याङसहित वर्षा

4665
Shares
यी प्रदेशमा आज चट्याङसहित वर्षा

काठमाडौं : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखालेकोशी प्रदेशका १–२ स्थानमा भारी वर्षाको अनुमान गरेको छ।

अहिले कोशी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा छ । कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

सोमबार दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराईका भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोशी प्रदेशका केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

4665
Shares

ट्रेन्डिङ