सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कर्णराज गिरीको ‘मन्जुरी’मा आँचल शर्मा र अर्जुन जिसीको रोमान्स (भिडियो सहित )

कर्णराज गिरीको ‘मन्जुरी’मा आँचल शर्मा र अर्जुन जिसीको रोमान्स (भिडियो सहित )

4675
Shares
कर्णराज गिरीको ‘मन्जुरी’मा आँचल शर्मा र अर्जुन जिसीको रोमान्स (भिडियो सहित )

गायक कर्णराज गिरीको नयाँ गीत ‘मन्जुरी’ को भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय गीत संगीतमा आफ्नो भिन्दै स्थान बनाउन सफल गायक गिरीको यस गीतमा संगीत पनि आफुले नै भरेका छन् ।गीतमा शब्द डिपी खनालको रहेको छ भने संगीत संयोजन कर्णराजले नै गरेका हुन् । गीतमा गिरीलाई फिमेल भोकलमा सुनितामी परियारले साथ दिएकी छिन् ।

गीतको भिडियोमा चर्चित नायिका आँचल शर्मा र अर्जुन जिसीको अभिनय रहेको छ । भिडियोमा आँचल र अर्जुनको अनस्क्रिन रोमान्स देखाइएको छ ।गीतलाई कोरियोग्राफर राजिव समरले निर्देशन गरेका हुन् ।अर्जुन तिवारीको छायाँकन रहेको यस भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

भिडियो सहित :

https://www.youtube.com/watch?time_continue=2&v=CccV0Z-zhFA

4675
Shares

ट्रेन्डिङ