सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कार दुर्घटना : चालकसहित दुईको ज्यान गयो

कार दुर्घटना : चालकसहित दुईको ज्यान गयो

4495
Shares
कार दुर्घटना : चालकसहित दुईको ज्यान गयो

बाँके / पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका १ मा रहेको अगैया जङ्गलमा भएको कार दुर्घटनामा दुई जनाको ज्यान गएको छ । मङ्गलबार दिउँसो पूर्वबाट पश्चिमकाे लागि छुटेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भइ सडक किनारको दायाँतर्फ रहेको रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

कारका चालक भरतपुर महानगरपालिका १२ का ४१ वर्षीय कमल राज लम्साल र पूर्व नवलपरासी कावासोती नगरपालिका ८ का २२ वर्षीय क्षितिज राज कुँवरको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको दिउँसो शिक्षण अस्पताल कोहलपुरमा उपचारकाे क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

4495
Shares

ट्रेन्डिङ