सबैको समाचार
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

3140
Shares
बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डाै – २ भदौ । बर्दियामा बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मधुवन नगरपालिका – १ बहादुरपुर बस्ने ५३ वर्षीय कर्णबहादुर विश्वकर्मा रहेका छन्।

गत असार १२ गते रातको समयमा विश्वकर्माले २४ वर्षीया युवतीलाई आफ्नै घरमा ल्याई जवरजस्ती करणी गरेको आरोप छ। इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरी टोलीले विश्वकर्मालाई नियन्त्रणमा लिएको हो। उनीमाथि जवरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

3140
Shares

ट्रेन्डिङ