सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एक लाख ६३ हजार नगदसहित पाँच जुवाडे पक्राउ

एक लाख ६३ हजार नगदसहित पाँच जुवाडे पक्राउ

3480
Shares
एक लाख ६३ हजार नगदसहित पाँच जुवाडे पक्राउ

हुम्ला :- मंगलबार बेलुकी सिमकोट गाउँपालिका – ५ को बजार क्षेत्रको एक जनाको घरबाट जुवाको खालबाट पाँच जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ।

गोप्य सूचनाको आधारमा प्रहरीले मारेको छापाबाट नगदसहित जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले मंलबार बेलुका जुवाको खालबाट पाँच जना जुवाडे र नगद एक लाख ६३ हजार ३४५ रुपियाँ नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

जुवा खेली रहेको सूचना प्रहरीले जानकारी पाएपछि प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको नेतृत्वमा गएको प्रहरीको टोलीले नगद र जुवाडे नियन्त्रणमा लिएको हो।

3480
Shares

ट्रेन्डिङ