सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनसेललाई फोर जी दिन किन ढिलाई

एनसेललाई फोर जी दिन किन ढिलाई

3425
Shares
एनसेललाई फोर जी दिन किन ढिलाई

नेपाल दुरसञ्चार प्राधिकरणले हाललाई नेपाल टेलिकमलाई मात्रै ‘फोरजी’ सेवा दिइएको छ । यसले गर्दा एनसेल सीम लिने ग्राहकलाई मर्का परेको छ । तत्कालै एनसेललाई पनि ‘फोरजी’ सेवा दिनु पर्दछ कि पर्दैन । नेपालको सबैभन्दा बढी कर तिर्ने एनसेल टेलिकमलाई पनि ‘फोरजी’ सेवा दिनु नेपाल दुरसञ्चार प्राधिकरणको दायित्व हो कि होइन ?

प्राधिकणरका कार्यकारी अध्यक्ष दिगम्बर झा आफैमा विज्ञ हुन उनीले एउटालाई काखा अर्कोलाई पाखा गर्नु राम्रो होइन कि कसो ? नेपाल टेलिकम सरकारको स्वामित्व भएको कम्पनी होला तर सेवा एनसेलले धेरै ग्राहकलाई सेवा दिएको सत्य विर्सनु हुदैन । लाग्ने शुल्क लिई तत्कालै नेपाल दुरसञ्चार प्राधिकरणले एनसेल टेलिकमलाई ‘फोरजी’ सेवा दिनु जरुरी देखिन्छ ।

सबैलाई थाहा छ एनसेलका १ करोड भन्दा बढी ग्राहकहरु छन् । यी ग्राहकले ‘फोरजी’ चलाउन पाउने कि
नपाउने ? यो प्रश्नको उत्तर अब राज्यले जनतालाई दिनु पर्दछ कि पर्दैन ?

नेपाल टेलिकमले सेवा शुरु गर्यो अब एनसेललाई पनि ‘फोरजी’ सेवा दिनु पर्दछ । जनताले तिरेको पैसा राज्यकै कोषमा जाने हो एनसेलले सबै लैजाने होइन । त्यसकारण यो सेवा एनसेल लगायत सबै टेलिकमहरुलाई दिनु
पर्दछ । राज्यले दिने सेवामा कन्जुस्याई गर्नु हुदैन । जे जसरी भएपनि नेपाली जनताले पाउने सेवा दिनु राज्यको दायित्व हो ।

New brand logo of Ncell - an Axiata company.

नेपाल दुरसञ्चार प्राधिकरणले प्राइभेट कम्पनीलाई पनि यो सेवा नदिए सम्म सर्वसाधारण जनताले ‘फोरजी’ सेवा पाउने देखिदैन । त्यसकारण फोरजी सेवा तत्कालै एनसेललाई दिनु अति आवश्यक रहेको देखिन्छ । नेपाल दुरसञ्चार प्राधिकरणले सेवा वेच्ने हो ।

त्यसकाण नेपालमा आएको सबै टेलिकम सेवा प्रदायक कम्पनीहरुलाई पनि ‘फोरजी’ सेवा दिई दुरदराज गाउँमा ‘फोरजी’ पुर्याउनु पर्दछ । यसको लागि लाग्ने शुल्क लिएर सेवा बेच्नु प्राधिकरणको दायित्व र कर्तव्य नै हो कि
कसो ? यो विर्सनु हुदैनि । राज्यले दिएको सेवा सबै जनताले पाउने अधिकार छ नि !

3425
Shares

ट्रेन्डिङ