सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • ४४ वर्षीय सालिमान ४ किलो चरेससहित पक्राउ

४४ वर्षीय सालिमान ४ किलो चरेससहित पक्राउ

2220
Shares
४४ वर्षीय सालिमान ४ किलो चरेससहित पक्राउ

धनगढी :- कैलालीमा चार किलो चरेससहित एक जना पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिकाको राजिपुर क्षेत्रबाट लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको हो।

बझाङको सुर्मा गाउँपालिका घर भइ राजिपुर बस्दै आएका ४४ वर्षीय सालिमान पुजारालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनको साथबाट ४ किलो ८ सय ग्राम चरेश र ५०० दरका ३७ नोट गरेर १८ हजार पाँच सय भारतीय रूपैयाँ समेत बरामद गरिएको छ।

उनलाई लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी प्रदेश कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। पुजारालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2220
Shares

ट्रेन्डिङ