काभ्रे । रोशीको भ्याकुरेखोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । अबिरल बर्षाका कारण बढेको पानीको बहाबले गर्दा जिल्लाको रोशी गाउपालिका वडा न ११ भ्याकुरेखोला तर्ने क्रममा दुई जनाको मृत्यु भएको हो ।
रोशी गाउँपलिका वडा न ११ स्थित भ्याकुरे खोला तर्ने क्रममा रोशी गाउपालिका ११ कै स्थानिय ६५ बर्षीया जालमाया रुजाल मगर र निजकै भदैनि ५ वर्षकि बालिका सेतिमाया रुजाल मगरलाई खोलाले बगाउदा मृत फेला परेको काभ्रे प्रहरीले जनाएको छ ।
मृतक दुबैको शब करिब ९०० मिटर तल फेला परेको काभ्रे प्रहरीका सुचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिएका हुन् ।