सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • साइकलको ह्याण्डिलभित्र लुकाएर लागुऔषध तस्करी, एकजना पक्राउ

साइकलको ह्याण्डिलभित्र लुकाएर लागुऔषध तस्करी, एकजना पक्राउ

2680
Shares
साइकलको ह्याण्डिलभित्र लुकाएर लागुऔषध तस्करी, एकजना पक्राउ

प्रहरीले लागुऔषध प्रयोगकर्ता तथा कारोबारीविरुद्ध निर्मम अप्रेसन चलाए पनि तस्करहरुले नयाँ–नयाँ जुक्ति निकालेर भित्र्याइरहेका छन्।

भारतबाट साइकलको ह्याण्डिलभित्र लुकाएर ब्राउन सुगर नेपाल भित्र्याउने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्। मंगलबार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरको टोलीले साइकलको ह्याण्डिलभित्र लुकाएर ब्राउनसुगर ल्याउने भीमदत्त नगरपालिका १९ बागफाँटाका ३२ बर्षिय रामकिशन रानालाई पक्राउ गरेको हो।

लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरका इन्चार्ज प्रहरी नायब निरीक्षक पदम थापा नेतृत्वको टोलीले गड्डाचौकी क्षेत्रबाट रानालाई पक्राउ गरेको हो। उनको साथबाट २.५५ ग्राम ब्राउनसुगर बरामद गरिएको छ।

पक्राउ परेका रानालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ।

2680
Shares

ट्रेन्डिङ