सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काभ्रेको सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

10790
Shares
काभ्रेको सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काभ्रेको सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका हुन् ।

धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयय पनि आजैदेखि सञ्चालनमा आएको जिल्ला निर्वाचन अधिकृत उमेर कुमार राईले जानकारी दिनुभयो । जिल्लाको सबैभन्दा कान्छो नगर मण्डनदेउपुर नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय आजदेखि सञ्चालनमा आएको छ ।

निर्वाचन आयोगको पूर्व निर्धारित कार्यक्रम अनुसार नै जिल्लाको सबै पालिकामा आजबाट मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको हो । अब स्तरीय तहमा निर्वाचनसंग सम्बन्धित सबै गतिविधि निर्वाचन अधिकृतको कार्यालयले नै गर्ने छ ।

10790
Shares

ट्रेन्डिङ