सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • तीन दिन बन्द हुने मनकामना केबलकार

तीन दिन बन्द हुने मनकामना केबलकार

1390
Shares
तीन दिन बन्द हुने मनकामना केबलकार

मुग्लिन । मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

1390
Shares

ट्रेन्डिङ