सबैको समाचार
शनिबार, अशोज १७, २०८३

यस्तो छ आजको मौसम

2050
Shares
यस्तो छ आजको मौसम

काठमाडौं, कात्तिक ८ : देशको पहाडी भूभागमा आंशिक बदली रहँदा बाँकी भूभागमा अहिले मौसम सामान्यतया सफा छ। दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भेगगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पहाडी भेगमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। हाल नेपालको पश्चिमी भेमा पश्चिमी वायुको आंशिक प्रभाव छ।

2050
Shares

ट्रेन्डिङ