सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बिच्छीको विष मुटुको उपचारमा उपयोगी

बिच्छीको विष मुटुको उपचारमा उपयोगी

1610
Shares
बिच्छीको विष मुटुको उपचारमा उपयोगी

काठमाण्डाै । मुटुको समस्या समाधान गर्नमा बिच्छीलाई उपयोग गर्न सकिेन वैज्ञानिकले पत्ता लगाएका छन्।

माकुरा सरह बिच्छी देख्दा पनि आङ सिरिङ्ग हुन्छ तर यसले समेत हाम्रा उपचारमा सहयोग पुग्ने देखिएको छ। बिच्छीको विषले मुटुमा समस्या ल्याउँछ तर यसले नै मुटुको उपचारमा सहयोग पुग्न सक्छ।

सबै बिच्छीमा विष हुन्छ र लगभग ३० प्रजातिका बिच्छीमा मात्र मानिसलाई बिरामी पार्न सक्ने खालको विष पाइन्छ। ती बिच्छीले डसेमा सास लिन कठिनाइ हुने, मांसपेशीमा ऐँठन, रक्तचाप बढ्ने, धड्कन घट्ने र ज्यान जान सक्ने जोखिम हुन्छ। तर बिच्छीको विषले नै मुटुको उपचार गर्न मिल्ने भनाइ वैज्ञानिकको छ।

सन् २०११ मा अमेरिकाका विस्कोन्सिन मेडिसन स्कुल अफ मेडिसिन एन्ड पब्लिक हेल्थका वैज्ञानिकले अफ्रिकी इम्पेरियर बिच्छीको विषमा हुने यौगिक मुटु असफल भएको उपचारमा प्रभावकारी हुने पाइएको थियो।

बिच्छीको क्याल्सिन यौगिकले मानिसको मुटुका कोषबाट क्याल्सियमलाई बाहिर निकालेर मुटुका मांसपेशीलाई खुम्चन सहयोग गर्ने वैज्ञानिकको भनाइ छ।

1610
Shares

ट्रेन्डिङ