सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा निसान दुर्घटना हुदा २ को मृत्यु , १ गम्भीर घाईते

काभ्रेमा निसान दुर्घटना हुदा २ को मृत्यु , १ गम्भीर घाईते

2105
Shares
काभ्रेमा निसान दुर्घटना हुदा २ को मृत्यु , १ गम्भीर घाईते

काभ्रे । काभ्रेको पनौतीमा पराल बोकेको निसान गाडी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना भने गम्भीर चोट सहित घाईते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पनौती नगरपालिका वडा नम्बर-२, स्थित कुशादेबीमा बा ३ ख ६७२३ को पराल बोकेको महेन्द्र निशान गाडी सिलाभन्ज्याङ स्थितमा कुशादेवी बाट नयाँ गाँउ तर्फ जादै गरेको बा.४ ख.६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई सडक बाट ६०० मिटर तल खस्सी दुर्घटना भएको हो।

दुर्घटनामा निसानमा सवार ३ जना घाईते भई उपचारको लागी सिरमेमोरीयल अस्पताल पठाएको थियो। अस्पताल पठाएको मध्ये दुई जनाको अस्पताल पुग्ने लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा निसान चालक पनौती न.पा.२ कुशादेवी बस्ने बर्ष ४० को रबिन आचार्य र बेथानचोक गा.पा.२ बस्ने बर्ष ५० को शिब बिक्रम केसी रहेको काभ्रे प्रहरीले जनाएको छ।

निसानमै सवार बेथानचोक गाउपालिका वडा न २ को बर्ष ४५ की सारदा तिमल्सिना टाउको घाँटीमा, दुबै हात खुट्टामा चोट लागेर घाईते भएकी छन्।

2105
Shares

ट्रेन्डिङ