सबैको समाचार
शुक्रबार, असार २०, २०८२
  • होमपेज
  • बिहार डुङ्गा दुर्घटनामा २६ को मृत्यु

बिहार डुङ्गा दुर्घटनामा २६ को मृत्यु

4075
Shares
बिहार डुङ्गा दुर्घटनामा २६ को मृत्यु

भारतको बिहार राज्यमा शनिबार भएको डुङ्गा दुर्घटनामा आइतबार बिहानसम्म २६ जनाको मृत्यु भएको छ भने अझै केही यात्रु हराइरहेको आशङ्कामा उद्धारकार्य जारी राखिएको छ ।
बिहारको राजधानी पटना नजिकै काठको सामान्य डुङ्गामा करिव ४० जना यात्रा गरिहेको अवस्थामा अत्याधिक भारका कारण डुङ्गा दुर्घटनाग्रस्त भएको बताइएको छ ।
सबै यात्रु स्थानीय चङगा पर्व हेरेर गङ्गामा नदीमा यात्राका क्रममा सो दुर्घटना हुँदा २२ जनाको शनिबार राति नै उद्धार गरिएको थियो भने बाँकी चारजनाको आइतबार बिहान भेटिएको विपत व्यवस्थापन अधिकारी अनिरुद्ध कुमारले फोमार्फत एएफपीलाई बताएका छन् ।
केही यात्रुले पौडी खेलेर ज्यान जोगाएको र केही अझै नदीमा हराइरहेका प्रहरीले बताएको छ ।
प्रहरीले डुङ्गामा कतिजना यात्रारत थिए भन्ने एकीन नभएपनि कम्तिमा ४० जना रहेको बताइएको छ । रासस÷एएफपी

4075
Shares

ट्रेन्डिङ