सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • भूकम्प पीडितलाई ३० लाख सहयोग

भूकम्प पीडितलाई ३० लाख सहयोग

1645
Shares
भूकम्प पीडितलाई ३० लाख सहयोग

काठमाडौँ | नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च युरोप कमिटीले भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । बुधबार बसेको मञ्चको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिमका बासिन्दालाई ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको सचिव शालिक थपलियाले जानकारी दिए ।

प्रवासी नेपाली मञ्च युरोपका संयोजक मुक्त गुरुङको अध्यक्षतामा बसेको आकस्मिक बैठकले युरोपमा रहेका मञ्चका राष्ट्रिय कमिटीहरुले देखाएको सक्रियताबाट संकलन गरी छिटोभन्दा छिटो भूकम्प पीडितहरुलाई दिइने निर्णय भएको छ । संयोजक गुरुङले बैठकमा उपस्थित युरोप कमिटिका पदाधिकारी तथा राष्ट्रिय कमिटिका पदाधिकारीहरुलाई यस विषम परिस्थितिमा मातृभूमिमा परेको यो क्षतिमा आ–आफ्नो तर्फबाट योगदान दिन पनि निर्देशन दिए ।

प्रमुख अतिथि प्रवासी नेपाली मञ्चका सचिव हेम शेर्पा, मञ्च अन्तराष्ट्रिय कमिटी सल्लाहकार समिति उपाध्यक्ष तथा एनआरएनका नवनिर्वाचित उपाध्यक्ष रामशरण सिम्खडा, प्रवासी नेपाली मञ्च स्कुल विभाग प्रमुख गोविन्द पौडेल लगायत युरोपस्थित प्रवासी नेपाली मञ्चसंग आबद्ध व्यक्तिहरु र राष्ट्रिय कमिटीका अध्यक्ष तथा सचिवहरुको उक्त बैठकमा बाक्लो उपस्थित थियो ।

अबको ३ हप्तासम्म राष्ट्रिय कमिटीहरुबाट सहयोग संकलन गर्ने र एनआरएनको बद्री केसी समूहसँग मिलेर सहयोग गर्ने समेत बैठकले निर्णय गरेको छ ।

1645
Shares

ट्रेन्डिङ