काठमाडौँ | ईस्टोनिय पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पृथ्वीनारायण नगरपालिका–६ घर भएर काठमाडौं बस्दै आएका राजेश श्रेष्ठ छन् ।
३५ वर्षीय श्रेष्ठलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । ‘ईस्टोनिया जान ७ लाख लाग्ने र त्यहाँको सुपर मार्केटमा १ लाख ५० हजार तलवमा रोजगारी उपलब्ध गराउने’ आश्वासन दिएर श्रेष्ठले रकम उठाएका हुन् ।
आरोपितले ७ लाख प्रतिव्यत्तिको दरले पीडितहरुसँग पैसा उठाएको आरोप छ । पीडितहरुबाट उनले ३४ लाख १३ हजार रकम लिएर फरार भएको उजुरीको आधारमा उनलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागलाई पत्राचार गरेको हो । उनलाई काराबाहीका लागी वैदेशिक रोजगार विभागमा पठाएको एसपी रेग्मीले जानकारी दिए ।