सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डले गरे नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण 

प्रधानमन्त्री प्रचण्डले गरे नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण 

1915
Shares
प्रधानमन्त्री प्रचण्डले गरे नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर खाख्वाको प्रतिमामा  नेपाल संवतका ११४४ अवसरमा माल्यार्पण गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीसहित पर्यटनमन्त्री सुदन किराती, पूर्वगृहमन्त्री रास्वपाका सभापति रवि लामिछानेलगायतले पनि शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका थिए ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए ।

नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

1915
Shares

ट्रेन्डिङ