सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • जाजरकोट भूकम्प पिडितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा

जाजरकोट भूकम्प पिडितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा

1730
Shares
जाजरकोट भूकम्प पिडितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत १७ कात्तिक राति  गएको भूकम्पपछिको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा भएको छ ।

भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग रकम घोषणा गर्न होडबाजी नै चलेको थियो । १ मंसिरसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको हो ।

सरकारले एकद्वारका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

1730
Shares

ट्रेन्डिङ