सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको जनक माविद्वारा देउसी भैलो खेलेर संकलित रकम प्रधानमन्त्रीलाई हस्तान्तरण

काभ्रेको जनक माविद्वारा देउसी भैलो खेलेर संकलित रकम प्रधानमन्त्रीलाई हस्तान्तरण

2010
Shares
काभ्रेको जनक माविद्वारा देउसी भैलो खेलेर संकलित रकम प्रधानमन्त्रीलाई हस्तान्तरण

भूकम्पपीडितहरूका लागि देउसीभैलोबाट संकलित रकम प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरिएको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४, मेथिनकोटस्थित जनक माध्यमिक विद्यालय, जनक क्याम्पस, पतञ्जली योग समिति र जेसिजको आयोजनामा सञ्चालन गरिएको देउसीभैलो कार्यक्रमबाट संकलित रकम प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरिएको हो ।

संकलित १६ लाख २५ हजार ३६० रुपैयाँमध्येबाट ७ लाख नगद र ७५० सेट न्यानो कपडा सोमबार हस्तान्तरण गरिएको जनक माध्यमिक विद्यालयका संयोजक हरिहर अधिकारीले जानकारी दिए ।गत कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रका ७५० जना विद्यार्थीहरुलाई सो सहयोग पुर्‍याउने व्यवस्था मिलाइएको अधिकारीले बताएका छन् ।

भूकम्पपीडितहरूका सहयोगार्थका लागि कात्तिक २७ र २८ गते नमोबुद्धको भकुन्डेकैसीमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

2010
Shares

ट्रेन्डिङ