काठमाडौं । बुधबार सुनचाँदीको मूल्यले फेरी नयाँ रेकर्ड राखेको छ ।
मंगलबारको रेर्कडलाई ब्रेक गर्दै बुधबार १६ सय रुपैयाँले बढेर नयाँ मूल्यले नयाँ इतिहास कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोता सुनको मूल्य १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १५ सय २० रुपैयाँ कायम भएको छ ।