सरकारले बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्राम लगायतका एपमाथि समेत प्रतिबन्ध लगाउने तयारी गरको छ ।
टिकटकमा जस्तै प्रयोगकर्ता लाइभ बस्न मिल्ने अन्य सामाजिक सञ्जालमाथि समेत प्रतिबन्ध लगाउने आशयका साथ निगरानी बढाइएको छ ।
प्रधानमन्त्री कार्यालयले विज्ञहरू सहितको एउटा टोली बनाएर त्यस्ता एपहरूको निगरानी गरिरहेको छ । गत २७ कात्तिकको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारिरहेको भन्दै टिकटकमाथि तत्काल रोक लगाउने निर्णय गरेको थियो ।
सबै पक्षको अध्ययन गरी टोलीले प्रतिवेदन बुझाउने र सोही आधारमा प्रतिबन्ध लगाउने गरी सिफारिस गरिने बताइएको छ । यसका साथै पब्जी र फ्रि फायरलाई समेत सरकारले निगरानीमा राखेको छ ।