हुम्ला । हुम्लामा बुधबार दिउँसो वनमा पशु चराउन जानेक्रममा १७ वर्षीय युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिमकोट गाउँपालिका–८ को खोल्सी गाउँकी सुस्मिता शाही रहेकी छिन् । शाहीको वनमा गएको र पशु भिरमा चर्न गएका बेला फर्काउन जाँदा भिरबाट लडेर घटना स्थलमै मृत्यु भएको हो ।
मृतक शाही गत वर्षको एसइईमा उत्तीर्ण भई हाल कर्णाली मावि चौगानफ्यामा कक्षा ११ मा अध्ययनरत थिईन् ।