काठमाडौं । नेपाली सेनाका कर्नेल कामेश्वर यादवको घरमा चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रेमबहादुर तामाङ र अम्बरबहादुर तामाङ छन् । प्रेमबहादुर र अम्बरबहादुरले ललितपुर, भैंसेपाटीस्थित यादवको घर र उनकै घरमा डेरा लिएर बसेका शोभा ढकालको कोठामा चोरी गरेका थिए ।
अमेरिकी डलर, भारु र नेपाली रुपैयाँका साथै सुन र चाँदीका गहना गरेर १९ लाख ४२ हजार ६०० बराबरको धनमाल चोरी भएको थियो ।
साथै घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, ललितपुरले जनाएको छ ।