हमास र इजरायलबीचको युद्धविराम सम्झौता समाप्त भएसँगै इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ ।
विहीबार हमास र इजरायल बीचको युद्धविराम सम्झौताको सात दिन पूरा भएपछि शुक्रबार यो सम्झौता टुंगिएको हो ।
हमासले इजरायलमा गोली चलाउन थालेको छ, यो युद्धविराम सम्झौताको उल्लङ्घन हो,’ इजरायली सेनाले सामाजिक सञ्जाल एक्समा लेखेको छ । यसबारे हमासबाट कुनै प्रतिक्रिया प्राप्त नभएको रोयटर्सले जनाएको छ ।
विश्व समुदायले युद्धविराम लम्बिने आशा गरेपनि युद्धविराम लम्बिन सकेन । सात दिनसम्म चलेको युद्धविराममा बिहीबारसम्म हमासले ११० जना बन्धकहरूलाई रिहा गरेको छ ।