सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • काभ्रेको धुलिखेलका शिक्षक आन्दोलित, केन्द्र सरकारले दिएको निर्देशन नगरले अटेर गरेको आ रोप

काभ्रेको धुलिखेलका शिक्षक आन्दोलित, केन्द्र सरकारले दिएको निर्देशन नगरले अटेर गरेको आ रोप

9325
Shares
काभ्रेको धुलिखेलका शिक्षक आन्दोलित, केन्द्र सरकारले दिएको निर्देशन नगरले अटेर गरेको आ रोप

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरु आ न्दो लित भएका छन् । केन्द्र सरकारले तोके बमोजिम तलब नगरले नदिएको भन्दै उनीहरु आ न्दो लित भएका हुन् । सरकारले तोके अनुसार तलब नगरपालिकाले नबढाएको भन्दै उनीहरुले आज नगरपालिका अगाडी ध र्ना तथा वि रोध गरेका हुन्।

साथै कर्मचारीको सामाजिक सु र क्षा कोष स्थापना गर्नुपर्ने, बाल बिकास केन्द्रहरुलाई प्राथामिक शिक्षकको रुपमा परिणात गर्नुपर्ने ,प्रत्येक १० जना विधाथीको लागि एक जना कर्मचारीको व्यवस्थापन गर्नुपर्ने,सामुदायिक बाल बिकास केन्द्र लाई विद्यालयमा समायोजन गर्नुपर्ने, आन्तरिक प्रकिया बाट स्थायी गर्नुपर्ने,करार सम्झौतालाई खारेज गरि स्वतः म्याद थप व्यवस्था गर्न माग गर्दै उनीहरुले धर्नामा बसेका हुन् ।

नेपाल शिक्षक महासंघ काभ्रेका अध्यक्ष ध र्नामा सहभागी रहेका थिए । यता नगरका शिक्षा शाखा प्रमुख अनुसार शिक्षकहरुले जानकारी पनि पूर्ण रुपमा नगराई यसै आ न्दो लित भएको बताएका छन् ।

पहिला राज्यले यो नीति नल्याउदा पनि आफ्नो नगरले शिक्षकको हितका लागि नगर कै पहलमा थप रकमको व्यवस्था गरेको शाखा प्रमुख माधव शर्माले वताए ।

9325
Shares

ट्रेन्डिङ