काभ्रे : नेपाली काँग्रेसका केन्द्रिय सदस्य गणेश लामाले आगामी स्थानीय चुनावमा रुप लाई नभई रुखलाई जिताउनुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस बनेपा नगरसमितिद्धारा काभ्रेको बनेपामा आयोजित बधाई, शुभकामना तथा बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । काभ्रे युवाका ढुकढुकी मानिने नेता लामाले आगामी चुनावमा काभ्रेका १३५ वटै वडामा काँग्रेसले जित्नेगरी काम गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
गाउँगाउँमा चुनावी अभियानमा लागेका प्रतिनिधीलाई गाउँमा के कस्ता समस्या छन्,ती समस्याबारे जानकारी राख्न पनि उनले आग्रह गरे । नेता लामाले अमेरीकी सहयोग परियोजना एमसीसीबारे भ्रम नपाल्न पनि आग्रह गरेका छन् ।
उनले एमसीसी नेपाललाई अमेरीकाले गरेको सहयोग हो भन्दै अनावश्यक भ्रममा नपर्न काभ्रेबासीलाई आग्रह गरेका हुन् ।
हेर्नुहोस् भिडियो :